नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी(२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।
ओमानको अल अमारेत ग्राण्डमा हुने प्रतिस्पर्धामा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन् । पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।