ट्रेकिङ जाँदा लाङटाङमा फसेका १२ जनालाई स्याफ्रुबेँसी ल्याइयो

द एभरेष्ट पोष्ट
२० असोज २०८२ १३:३२
ट्रेकिङ जाँदा लाङटाङमा फसेका १२ जनालाई स्याफ्रुबेँसी ल्याइयो

काठमाडौं । लाङटाङमा ट्रेकिङ जाँदा अविरल वर्षाका कारण फसेका १२ जनालाई उद्धार गरी स्याफ्रुबेँसी ल्याइएको छ । आज मौसम खुलेपछि उनीहरूलाई उद्धार गरी स्याफ्रुबेँसी ल्याएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी हेमबहादुर शाहीले  जानकारी दिए ।

१६ जनाको टोली घुम्न गएकोमा गत शनिबार चार जना बेरिङ खोलामा बेपत्ता भएका थिए भने, १२ जना फसेका थिए । उनीहरूलाई आज उद्धार गरिएको हो । बेपत्ताको खोजी कार्य जारी रहेको शाहीले जानकारी दिए ।

उनी सरकारले खराब मौसमबारे जानकारी दिँदा दिँदै पनि आफूखुसी ट्रेकिङमा गएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस