दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

द एभरेष्ट पोष्ट
१९ असोज २०८२ १७:५७
दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

दार्चुला : महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

महाकाली नगरपालिका-९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर–६ को बजगाडी भन्ने ठाउँमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा दार्चुला प्रहरीका डिएसपी गौरव महतकाे टोली खटिएको र घटनाकाबारे पूर्ण जानकारी केही बेरमा आउने जनाए ।

घाइतेको उद्धार कार्य चलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस