नाकामा कुकुरबाट जाँच
कञ्चनपुर : दसैंका लागि भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट ल्याइएका कुकुरबाट जाँच गरिएको हो ।
‘नाकामा भीडभाड बढेको छ, त्यही भएर कुकुर परिचालन गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘आवश्यकताअनुसार फेरि पनि कुकुर परिचालन गरिने छ ।’
केनाइन शाखाबाट प्रदेशका सबै नाकाहरुमा जाँच हुने भएकाले एकै नाकामा नियमित रुपमा कुकुर राख्न नसकिने उनले बताए ।
विगतका वर्षमा पनि दसैं र तिहारका बेला जाँचका लागि कुकुर परिचालन गरिएको थियो । प्रहरीले नाकामा नागरिक सहायता कक्ष पनि सञ्चालन गरेको छ । भारतबाट भर फर्किने यात्रुको विवरणसँगै समस्यामा परेकाहरुलाई सहयोग गर्न नागरिक सहायता कक्ष सञ्चालन गरेको हो ।
