रामेछापमा भूकम्पको धक्का महसुस
काठमाडौ । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
