नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

काठमाडौं । कारागार कार्यालय नख्खुबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका सञ्चालक पक्राउ परेका छन्। सहकारी सञ्चालक केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
शर्मालाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनलाई ब्युरोको टोलीले सानेपाबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई नख्खु कारागार पठाइसकेको छ।