मन्त्री सिन्हाले गरे पदभार ग्रहण
काठमाडौं । तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।
सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
मन्त्री सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएकोमा प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई सुम्पिएकी हुन् ।
मन्त्री सिन्हा सर्वोच्चका पूर्वन्यायाधीश समेत हुन् ।
ट्रेन्डिङ
सम्बन्धित
निजी क्षेत्रमाथिको आक्रमण राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो – अर्थमन्त्री खनाल
१५ कार्तिक २०८२ १६:२४
