ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।