आजदेखि खुले सिनेमा हल

काठ्माण्डौँ – जेनजी आन्दोलनका कारण ठप्प भएका देशभरका सिनेमा हलहरू सोमबारदेखि खुलेका छन्। हल खुलेसँगै यसअघिका फिल्महरू नै प्रदर्शनमा आएका छन्।
‘रिमै’ र ‘कोशेढुंगा’, ‘गुन्योचोलो’, ‘मोहर’ लगायतका फिल्महरू प्रदर्शनमा आएका हुन्। केही विदेशी फिल्महरू समेत हलमा लागेका छन्।
नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले सोमबारदेखि सिनेमा हलहरू खुलाउने निर्णय गरेको थियो। सिनेमा हलहरू गत मंगलबारदेखि बन्द थिए।