गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १४:०९
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो

पोखरा। आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

विन्दुकुमार थापाका भाइ ध्रुवो नयाँबजारस्थित भरमा रहेको गाडीको स्वरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको भर र गाडीको स्वरूममै आगो लगाइदिएका थिए ।

मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टसमेत तोडफोड र आगजनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

जेनजी भर्चुअल छलफलमा

२५ भदौ २०८२ १६:०१

खोज्नुहोस