गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १४:०५
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।

ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार  जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

जेनजी भर्चुअल छलफलमा

२५ भदौ २०८२ १६:०१

खोज्नुहोस