जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ जना प्रहरीको परिचय खुल्यो

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १३:३०
जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ जना प्रहरीको परिचय खुल्यो

काठ्माण्डौँ- जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा ३ जनाको मृत्यु भएको थियो ।

प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा छन् ।

जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरूको मृत्यु भएको बताइएको छ । आगजनी सुरु भएपछि त्यहाँ फसेका केही प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

जेनजी भर्चुअल छलफलमा

२५ भदौ २०८२ १६:०१

खोज्नुहोस