जेनजी प्रदर्शन : कुन अस्पतालमा कति छन् घाइते ?

काठमाडौं । काठमाडौंमा सोमबार हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढिरहेको छ ।
दिउँसो पौने ४ बजेसम्मको विवरण अनुसार, विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
कुन अस्पतालमा कति घाइते ?
प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।
दिउँसो ४ बजेसम्म मन्त्रालयले लिएको विवरण अनुसा सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् ।
त्यस्तै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।
केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्याइएको छ । पाटन अस्पतालमा भएका घाइतेहरूको विवरण मन्त्रालयले संकलन गर्दैछ ।