आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से

काठमाडौं- सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ । देशभर जेन-जी प्रर्दशनमा उत्रिएका बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.१५ प्रतिशतले घटेको छ । नेप्से १.२२ प्रतिशतले घटेर परिसूचक २६७५ विन्दुमा आएको छ ।
नेप्सेमा गिरावट आएपनि ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । यस्तै ३२० वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ७०४ पटक शेयर किनबेच भएको छ ।
सोमबार सबै समूह घटेको छ, सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।