केएमसी अस्पतालमा थप एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ ।
यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो ।
त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।
यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ ।