निषेधित क्षेत्र तोडेर अघि बढ्यो जेन -जीको जुलुस

द एभरेष्ट पोष्ट
२३ भदौ २०८२ ११:५८
निषेधित क्षेत्र तोडेर अघि बढ्यो जेन -जीको जुलुस

काठमाण्डौं, २३ भदौ ।

सामाजिक सञ्जालका प्लेटफर्महरु बन्द गरेको विरोधमा काठमाण्डौंको माईतीघरबाट निस्किएको जेन जीको जुलुस बानेश्वरको निषेधित क्षेत्र तोडेर अघि बढेको छ ।

प्रहरीले जेन -जीको जुलुलाई बानेश्वरमा ब्यारिकेड राखेर रोकेको थियो। हजारौको संख्यामा रहेका प्रदर्शकाकारीहरु प्रहरीको ब्यारिकेड तोडेर अघि बढेका हुन् ।

निषेधित क्षेत्र तोडेर अघि बढेका प्रदर्शनकारीहरुले सरकारको विरोधमा चर्का नारा लगाईरहेका छन् । प्रदर्शनकारीका छाती र पिठ्युमा सरकार विरोधी नारा लेखिएका प्ले कार्डहरु छन् ।

उनीहरुले स्वतन्त्र आवाज, हाम्रो अधिकार, ‘जेन-जी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, असन्तुष्टि चरम छ, नेताको गोजी गरम छकता हिडेको ट्याक्स लुटेर लगायतका नारा लेखिएका प्लेड कार्ड बोकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध चर्को नारावाजी गरिरहेका प्रदर्शनकारीहरुले भ्रष्टाचारको अन्त्य, पुराना नेताहरुले सत्ता छोड्नु पर्ने माग राखेका छन् ।

जेन जीको आन्दोलनलाई काठमाण्डौं महानगरका मेयर बालेन्द्र साह, विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र थुप्र्रै कलाकारहरुले समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस