बिथोलियो नेपाल किसान महासंघको महाधिवेशन

काठमाडौं २१ भदौ । मतदान प्रकृया जारी रहेकै बेला नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ।
शनिवार नयाँ नेतृत्व चयनका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी मतदान प्रकृया बिथोलिएको हो । मतदान प्रकृया सकिनै लाग्दा विवाद उत्पन्न भएपछि मतदान बिथोलिएको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालेबिहीवार कीर्तिपुरमा किसान महासंघको चौथो महाधिवेशन उद्घाटन गरेका थिए ।