विष्णु माझीको दसैँ गीत ‘परदेशी मेरो परदेशी’ पुन: सार्वजनिक

द एभरेष्ट पोष्ट
२१ भदौ २०८२ १७:३२
विष्णु माझीको दसैँ गीत ‘परदेशी मेरो परदेशी’ पुन: सार्वजनिक

काठमाडौं । चर्चित लोकदोहोरी गायिका विष्णु माझीले दशैंको गीत सार्वजनिक गरेकी छन् । तीजको बहुचर्चित गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक गरेको एक महिनापछि उनको नयाँ गीत बुधबार सार्वजनिक भएको हो ।

दशैं गीत ‘परदेशी मेरो परदेशी’मा शब्द र संगीत सुन्दरमणी अधिकारीको छ । यसमा माझी र अधिकारीको स्वर समावेश छ । गीतको भिडियोमा ललिता पौडेल र सुन्दरमणीको अभिनय छ । दशैंतिहारजस्ता पर्वमा घर आउन नपाएको परदेशीको विरहको कथा समेटिएको यो गीत मर्मस्पर्शी लाग्छ । १४ मिनेट लामो भिडियोलाई कथानक शैलीमा कम्पोज गरिएको छ ।

माझीको अघिल्लो गीत ‘आइन आमा यो तीजमा’लाई १ करोड ९१ लाख पटक हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस