कैलाली उद्योग वाणिज्य सङ्घ निर्वाचन : अध्यक्षमा ओझा र स्वारबीच प्रतिस्पर्धा, स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा

द एभरेष्ट पोष्ट
२० भदौ २०८२ २१:०९
कैलाली उद्योग वाणिज्य सङ्घ निर्वाचन : अध्यक्षमा ओझा र स्वारबीच प्रतिस्पर्धा, स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा

कैलाली । आगामी भदौ २८ गते हुने कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि  उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। यस सँगै सङ्घको अध्यक्ष पदका लागी पुष्कर राज ओझा र रुपेश स्वार बीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।

ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णा कुमारी बिष्ट उम्मेदवार बनेका छन्।

यस्तै रूपेश स्वारको नेतृत्वमा बनेको प्यानलले वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिल कुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दलाई उम्मेदवार बनाएको छ।

यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार समेत प्रतिस्पर्धामा छन्। स्वतन्त्रबाट सचिव पदमा कोपिला कुँवर, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी चुनावी मैदानमा उत्रिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस