कैलाली जनपुस्तकालयको ४८औं साधारण सभा तथा चुनावी अधिवेशन सम्पन्न, अध्यक्षमा शिवराज ओझा चयन

द एभरेष्ट पोष्ट
१९ भदौ २०८२ १४:४९
कैलाली जनपुस्तकालयको ४८औं साधारण सभा तथा चुनावी अधिवेशन सम्पन्न, अध्यक्षमा शिवराज ओझा चयन

कैलाली- धनगढीमा रहेको ऐतिहासिक कैलाली जनपुस्तकालयको ४८औं साधारण सभा तथा चुनावी अधिवेशन सम्पन्न भएको छ। सभाबाट सर्वसम्मत रूपमा अध्यक्षमा शिवराज ओझा चयन भएका छन्।

कार्यसमिति सदस्यमा टंक प्रसाद जोशी, राजेन्द्र रैका, सुभाष चन्द्र भण्डारी, जयराज जोशी, टिआर पाठक, शेरबहादुर खड्का, राधा कुमारी फुलारा, सुशीला भट्ट, पद्मराज जोशी र डिल्लीराज ओझा निर्वाचित भएका छन्।

उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बमले पुस्तकालयलाई प्रदेशको सांस्कृतिक सम्पत्ति भन्दै योगदान अझै विस्तार गर्नुपर्ने बताए। उनले भने, “कैलाली जनपुस्तकालय सुदूरपश्चिमको गौरव हो। प्रदेश सरकारले यसको विकासमा आवश्यक सहयोग गर्नेछ।”

निवर्तमान अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले आफ्नो कार्यकालमा पुस्तकालयलाई अगाडि बढाउन सबैको साथ पाएको बताए। उनले भने, “यो संस्थाको विकासमा मैले सकेजति प्रयास गरेको छु। अब नयाँ नेतृत्वले बाँकी काम पूरा गर्ने विश्वास लिएको छु।”

नवनिर्वाचित अध्यक्ष शिवराज ओझाले पनि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै पुस्तकालयलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन अहोरात्र खट्ने बताए । त्यसका लागि सबैलाई दिनु पर्ने उनको भनाइ छ ।

वि।सं। २०१४ सालमा स्थापना भएको कैलाली जनपुस्तकालय सुदूरपश्चिमकै प्रमुख सार्वजनिक पुस्तकालयका रूपमा परिचित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस