रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने कांग्रेसको निर्णय

काठ्माण्डौँ । नेपाली कांग्रेसले आफ्ना सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको छ ।
समिति सभापतिका लागि शुक्रबार हुन लागेको निर्वाचनमा कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
निजामती कर्मचारीको कुलिङ अफ पिरियडको विषयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका उनलाई अब सुनुवाइ समितिको नेतृत्व दिने तयारी गरिएको हो ।
खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउन नै ईश्वरी न्यौपानेलाई सुनुवाइ समिति सभापतिबाट राजीनामा गराएर राज्य व्यवस्थामा लगिएको थियो ।