पाकिस्तानको बलुचिस्तानमा भएको बम बिस्फोटमा १४ जनाको मृत्यु, ३१ घाइते

द एभरेष्ट पोष्ट
१८ भदौ २०८२ १७:१४
पाकिस्तानको बलुचिस्तानमा भएको बम बिस्फोटमा १४ जनाको मृत्यु, ३१ घाइते

काठमाडौं । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी-बीएनपीको एक र्‍यालीपछि भएको विस्फोटमा १४ जना मारिएका छन् भने ३१ जना घाइते भएका छन् ।

बैठक सकिएपछि बैठकस्थलभन्दा केही दूरीमा साथीलाई पर्खिरहेका बेला अचानक शक्तिशाली विस्फोट भएको घाइतेलाई उदृत गर्दै बीबीसी उर्दुले जनाएको छ । घटनाको विरोधमा बलुचिस्तानका कानुन व्यवसायीहरूले अदालतको कारबाही बहिस्कार गरेका छन् ।

बलोचिस्तान नेशनल पार्टीका केन्द्र सूचना सचिव आगा बलोचले यो विस्फोट नवाब नियाज जेहरीको गाडीको नजिक भएको बताउनुभएको छ । विस्फोटमा केही सुरक्षाकर्मी पनि मारिएका छन् ।

राज्य सरकारले यस घटनाको अनुसन्धानका लागि सुरक्षा निकायलाई आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले घटनाको निन्दा गर्दै यो विस्फोट ‘मानवताविरोधी कायरतापूर्ण कार्य’ भन्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस