एकै दिन भूकम्पका दुई धक्का

काठमाडौँ । मंगलबार नेपालमा दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो ।
त्यसैगरी, आज बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।