टप एण्ड टी-२० सिरिज र अभ्यास खेल खेलेर फर्कियो नेपाली टोली

द एभरेष्ट पोष्ट
१७ भदौ २०८२ १४:३०
टप एण्ड टी-२० सिरिज र अभ्यास खेल खेलेर फर्कियो नेपाली टोली

काठमाडौं– अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।

नेपालले टप एन्ड टी-२० सिरिजका ६ मध्ये ४ खेलमा पराजय र २ खेलमा जित निकालेको थियो।

यस्तै साउथ अस्ट्रेलियाका ५ मध्ये नेपालले ३ खेलमा जित हात पारेको थियो।

आइसिसी टी-२० विश्वकप छनोटको तयारी गरिरहेको नेपालले असोजमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० सिरिज खेल्नेछ।

नेपाल र वेस्ट इन्डिजबीच असोज ११, असोज १२ र असोज १४ गते टी-२० खेल हुनेछ। सो खेल शारजाहमा हुने तय भएको छ।

त्यसपछि नेपाली टोली टी-२० विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा असोज २१ देखि विश्वकप छनोट हुँदैछ।

विश्वकप छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस