निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने

द एभरेष्ट पोष्ट
१७ भदौ २०८२ १४:१५
निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको हो । बैठकमा निजामती कर्मचारीको अवकाश उमेर हदका विषयमा सहमति भएको छ ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष नै कायम गर्ने, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने व्यवस्था रहेकालाई बैठकले सदर गरेको हो ।

सबै विषयमा सहमति भएपछि समिति सभापति तुलसा कुमारी दाहालले सर्वसम्मत रूपमा विधेयक पारित भएको घोषणा गरिन् ।

उनले मंगलबार नै उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने र पारित गर्ने जानकारी दिइन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस