अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९०० पुग्यो

द एभरेष्ट पोष्ट
१७ भदौ २०८२ १३:३१
अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९०० पुग्यो

काबुल । पूर्वी अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९०० पुगेको छ । एक अधिकारीले मंगलबार बताएअनुसार भूकम्पमा परेर घाइते हुनेको संख्या अहिलेसम्म लगभग ३ हजार पुगेको छ ।

भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काममा राहत टोलीहरू जुटिरहेका छन् । आइतबार राति अबेर ६ म्याग्निच्यूडको विनाशकारी भुकम्प आएको थियो ।

भूकम्प पहाडी क्षेत्रमा आएको थियो, जसका कारण धेरै गाउँका घरहरू पूर्ण रूपमा भत्किए र मानिसहरू घण्टौँसम्म भग्नावशेषमा पुरिए । ‘घाइतेहरूलाई बाहिर निकालिने काम भइरहेको छ, त्यसैले यो तथ्याङ्क अझ बढी हुन सक्छ,’ अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले एसोसिएटेड प्रेसलाई भने ।

केही क्षेत्रहरूमा भूकम्पका कारण पहिरो गएकोले सडकहरू बन्द भएको उनले बताए । केही क्षेत्रहरूमा भूकम्पका कारण पहिरो गएकोले सडकहरू बन्द भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस