अफगानिस्तान भूकम्प : राहत र उद्धार कार्यमा कठिनाइ

द एभरेष्ट पोष्ट
१६ भदौ २०८२ ११:२३
अफगानिस्तान भूकम्प : राहत र उद्धार कार्यमा कठिनाइ

बगदाद । अफगानिस्तानको पूर्वी क्षेत्रमा भूकम्पमा परेर सयौँको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । बीबीसीको पश्तो सेवाका अनुसार तालिबान सरकारले यस भूकम्पमा सयौँ मानिसहरूको मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ ।

सरकारले अहिलेसम्म भने २० जनाभन्दा बढीको मृत्युको पुष्टि गरेको छ । भूकम्पबाट नान्गारहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् ।  अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत जमिन पहाडी क्षेत्र रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् । तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन् । केही क्षेत्रहरूमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन ।

भूकम्पको धक्काका कारण आएको बाढी र पहिरोका कारण यस क्षेत्रका सडकहरू बन्द भएको कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई बताए । आफूहरूसँग सीमित स्रोतहरू भएकोले प्रभावित क्षेत्रहरूमा पुग्न हेलिकप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट मद्दतको लागि अनुरोध गरिरहेका तालिवान अधिकारीहरूले भने ।

२०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखिएका थिए । त्यतिबेला भूकम्पमा परेर लगभग १,००० मानिसहरूको मृत्यु भएको थियो ।  त्यस समयमा पनि पहिरोका कारण दुर्गम गाउँहरूमा राहत र उद्धार कार्यमा बाधा पुगेको थियो । त्यस समयमा पनि राहत र उद्धार कार्य आकाशबाट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस