भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग

काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनालाई भारतबाट २ करोड ४० लाख बराबरका ६ वटा लाइट स्ट्राइक भेहिकलमा सहयोग भएको उल्लेख गरेको छ ।
यसको लागि भन्सार छुट दिन सूचना समेत निकालेको हो । यस्ता भेहिकल पैठारी गर्दा नेपाल सरकारले पूर्ण भन्सार महसुल र अन्य शुल्कहरूमा छुट दिएको छ ।