सिडेन सुदूरपश्चिमको नेतृत्वमा इन्जिनियर रोशन भट्ट

कैलाली । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्वमा इन्जिनियर रोशन भट्ट निर्विरोध निर्वाचित भएका छन् । आगामी भाद्र १४ गतेका लागि तोकिएको निर्वाचनमा अन्य प्रतिस्पर्धी उम्मेदवार नआएपछि भट्ट सहित सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन् ।
निर्वाचन समितिका संयोजक इन्जिनियर पदम बहादुर मडका अनुसार दुई वर्षे कार्यकालका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध बनेका हुन् ।
निर्वाचित पदाधिकारीहरू
सभापति : इन्जिनियर रोशन भट्ट
उप–सभापति : इन्जिनियर कृष्ण बहादुर ऐर
सचिव : इन्जिनियर दीपेन्द्र बहादुर शाही
सह–सचिव : इन्जिनियर किरण रावल
कोषाध्यक्ष : शैलेन्द्र बहादुर मल्ल
निर्वाचित सदस्यहरू
इन्जिनियर बिरेन्द्र रोकाया, शान्त कुमार साउद, मदन बहादुर कुंवर, रोशन ओझा, रोशन भाट, प्रदिप कुमार धामी, बिकास रावल, कोशराज बडु, करण सिंह ऐरी र मंगल बुढा निर्विरोध चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक मडले भने, “दुई वर्षे कार्यकालका लागि सम्पूर्ण पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।”
सिडेन नेपाली कांग्रेस निकट इन्जिनियरहरूको छाता संगठनका रूपमा परिचित छ ।