रुबीको हत्यारानजिक पुग्यो प्रहरी, सुटकेस लैजाने ई-रिक्सा चालक नियन्त्रणमा

द एभरेष्ट पोष्ट
९ भदौ २०८२ १५:१०
रुबीको हत्यारानजिक पुग्यो प्रहरी, सुटकेस लैजाने ई-रिक्सा चालक नियन्त्रणमा

रौतहट —  रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवा  कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई-रिक्सा ५ सयमा भाडामा लिएका थिए ।

गगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई-रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ । मुडलवा गेटनजिक पुगेपछि ई-रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई-रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । रुबीको हत्याराको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए ।

शनिबार राति रुबीलाई आफ्नो डेरामा बोलाएर हत्या गरेको प्रहरीको भनाइ छ । ‘हत्या गर्नेको लगभग पहिचान भइसकेको छ,’ एक प्रहरी अधिकृतले भने । शनिबार साँझ करिब ६ बजे आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनु छ भन्दै रुबी गौर बजार गएकी थिइन् । रुबी त्यसपछि बेपत्ता भइन् । त्यस राति उनी घर फर्किइनन् ।

राति शंकास्पद अवस्थामा गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस फेला परेको थियो । स्थानीय प्रहरीलाई खबर गरेको थियो । राति शंकास्पद लागेपछि प्रहरीले सुटकेस खोलेन । आइतबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस