परराष्ट्रमन्त्री डा. राणासँग विपिन जोशीका आमा र बहिनीको भेटवार्ता

द एभरेष्ट पोष्ट
८ भदौ २०८२ १८:०२
परराष्ट्रमन्त्री डा. राणासँग विपिन जोशीका आमा र बहिनीको भेटवार्ता

काठमाण्डु : इजरायलमा रहँदा हमास समूहले नियन्त्रणमा लिएका विपिन जोशीका आमा र र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

आईतबार विपिनकी आमा र बहिनीले परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेका मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । उनले फेसबूकमा लेखेकी छन्, ‘हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीसँग आज परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरें । उहाँहरूले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह पनि गर्नुभयो । परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूतावासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल जानुभएको थियो ।’

इजरायलबाट फर्केपछि आईतबार आफूसँग भेटवार्ता भएको र विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका उनले बताइन् । उनले लेखेकी छन्, ‘मैले उहाँहरूलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी पनि दिएँ । उहाँहरूको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्नेछ ।’

यसअघि विपिनकी आमा र बहिनीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शनिबार भेटवार्ता गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस