युट्युब, टिकटक र फेसबुक भिडियोबाट साढे तीन अर्ब नेपाल भित्रियो

काठमाडौं । नेपालीले युट्युब, टिकटक र फेसबुकबाट साढे तीन अर्ब कमाइ गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालीहरूले सामाजिक सञ्जालमा भिडियो कन्टेन्ट बनाएर पोस्ट गरी तीन अर्ब ५३ करोड तीन लाख रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला दिनमा कन्टेन्ट क्रियटरहरू बढेका छन् । उनीहरूले सामाजिक सञ्जालमा भिडियो बनाएर नै लाखौँ रुपैयाँ आर्जन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले पनि यस्तो कमाइको तथ्यांक राख्न थालेको छ ।
त्यसैगरी विदेशीलाई अडियो तथा भिडियोको काम दिएर देशबाट ७८ करोड ९० लाख रुपैयाँबाहिर पठाइएको छ ।
नेपालीले विदेशी भिडियो तथा अडियो सेवा लिएबापत यो रकम अन्य देशमा पठाउने गरेको राष्ट्र बैंकले जनाएको छ ।