कैलाली जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा महतो निर्वाचित

धनगढी, ५ भदौ ।
कैलाली जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा नाथुराम महतो निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न ३४ औं अधिबेशनबाट महतोको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
उपाध्यक्षमा हिमालय बिष्ट, सचिवमा प्रेम बहादुर शाही, कोषाध्यक्ष किशोर कुमार चौधरी, सहसचिवमा कुमारी कौशिला केसी सापकोटा निर्वाचित भए ।
त्यसैगरी सदस्यमा कर्ण सिंह महरा, रेनु प्रधान श्रेष्ठ, सुवास चन्द्र उपाध्याय, नैन बहादुर बडायक, देवीलाल चौधरी, ईन्द्र बहादुर खड्का, धर्मराज भट्ट, वीरेन्द्र चौधरी निर्वाचित भए ।
केन्द्रीय पार्षदमा बीर बहादुर जेठारा, भरत बहादुर सिंह र नवराज पाण्डेय निर्वाचन समितिले जनाएको छ ।