इजरायलबाट फर्किएपछि विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

काठमाडौं : हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। इजरायलबाट फर्केपछि उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
इजरायल गएर उनीहरूले इजरायली राष्ट्रपति इसाक हेर्जोग र संसद्का अध्यक्ष अमिर ओहानासँग भेट गरेर विपिनको रिहाइको माग गरेका थिए।
प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताए।