समिति सभापति कुसुमदेवी थापाले आफ्ना असहमतिका बुँदालाई समावेश गरेर विधेयकमा हस्ताक्षर गर्न आग्रह गरेका थिए ।
भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले बहुमतका आधारमा उक्त विधेयकलाई पारित गरेको हो । बैठकमा माओवादी र रास्वपा सांसदहरूले विधेयकमाथि थप छलफलको आवश्यकता रहेको जनाएका थिए ।
तर सत्तारुढ दलका सांसदहरूले विधेयकमाथि लामो समय छलफल भएकाले पारित नै गर्नुपर्ने धारणा राखेका थिए ।
पारित भएपछि सत्तारुढ दलका सांसदहरूले विधेयकमा हस्ताक्षर गरेका छन् भने माओवादी र रास्वपा सांसदहरूले भने हस्ताक्षर नगरी बाहिरिएका थिए ।