गृहमन्त्रीको निजी सचिवमा उपाध्याय

काठमाडौं, ४ भदौ ।
गृहमन्त्री रमेश लेखकको निजी सचिवमा उप सचिव दीर्घराज उपाध्याय नियुक्त भएका छन् ।
गृहमन्त्रीको निजी सचिवको भूमिकामा रहेका उपसचिव बद्रीप्रसाद तिवारीको म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएपछि उनको स्थानमा उपाध्याय नियुक्त भएका हुन् ।
बाँके, डोटी लगायत विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका उपाध्यायले बैतडी र दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।