गायिकाबीच एलिनाको खादा भित्र डलर ट्रेण्ड

द एभरेष्ट पोष्ट
४ भदौ २०८२ १८:२२
गायिकाबीच एलिनाको खादा भित्र डलर ट्रेण्ड

काठमाडौं– गायिका एलिना चौहान यतिबेला अमेरिकामा छिन् । उनी त्यहाँ ‘अब नाच्छ अमेरिका’ कार्यक्रम अन्तर्गत आफ्नो प्रस्तुति दिन पुगेकी हुन् । एलिनाले अमेरिका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । यसैबीच गायिका चौहानले न्युयोर्क शहरमा प्रस्तुति दिने क्रममा उनलाई नयाँ अवतारमा देखिएको छ ।

उनलाई स्टेजमा गीत गाइरहेको बेला टाउकोमा खादाको फेटा, फेटामा डलर राखेर स्टेजमा उत्साहित हुँदै प्रस्तुति दिइरहेको देखिएको थियो । एलिनाको यो अवतार सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो भने सञ्चार माध्यमको हेडलाइन ।

यद्यपि, अहिले यहि अवतार अर्कै गायिका ज्योती मगरको पनि देखिएको छ । गायिका मगर अहिले आफ्नो प्रस्तुतिका लागि जापानमा पुगेकी छिन् । त्यहाँ उनलाई पनि दुरुस्तै एलिनाको अवतारमा देखिएको छ । फरक छ त ज्योती र एलिनाको पहिरन, खादाको प्रकार र रंग । एलिनाको नयाँ अवतार देखिएको दुई दिनको फरकमा ज्योतीलाई उस्तै अवतारमा देखिँदा धेरैले गायिका मगरले एलिनाको नक्कल गरेको भन्ने किसिमका प्रतिक्रिया दिइरहेका छन् । यद्यपि ज्योतीले आफैँ उक्त अवतारमा देखिन चाहेकी हैनन्, दर्शकले नै उनलाई उक्त अवतार बनाइदिएका हुन् । यहाँ ज्योती मगरले भन्दा पनि दर्शकले पो एलिनालाई झैँ गर्न खोजेको देखियो ।

यसैबीच, अर्की गायिका शान्ति सिंह परियारलाई पनि खादा अवतारमा स्टेज कार्यक्रम गर्दै गरेको देखिएको छ । अस्ट्रेलियमामा आफ्नो प्रस्तुति दिने क्रममा टाउकोमा खादा अनि खादामा अस्ट्रलियन डलरका साथ देखिएकी छिन् । त्यस्तै अर्की गायिका रचना रिमाललाई पनि खादा अवतारमा देखिएको छ । यतिबेला बेलायतमा प्रस्तुतिका लागि पुगेकी गायिका रचना रिमालालाई पनि टाउकोमा ढाकाको खादा अनि खादा माथि पाउण्डमा स्टेज तताउँदै गरेकी देखिएको छ ।

उनलाई त झन् टाउकोमा बेरेको खादाको वरिपरि नै पाउण्ड राखिदिएको देखिाएको छ । स्टेज चढ्ने क्रममा नै खादा बानेर पठाइएको गायिका रिमालको खादा भित्र घुसाईको पाण्ड कति होला भन्दै दर्शकले प्रश्न समेत गरेका छन् ।

अहिले स्टेजमा विशेष गरेर विदेशको स्टेजमा प्रस्तुति दिने क्रममा गायिकाहरुले टाउकोमा खादाको फेटा बनाएर जाने र त्यहाँ उपस्थित दर्शकले फेटा भित्र डलर र पाउण्ड राखिदिने ट्रेण्ड बढेको देखिएको छ । पहिलो पटक गायिका एलिना उक्त अवतारमा देखिएकोले अहिले यो ट्रेण्डलाई एलिनाको खादा भित्र डलर ट्रेण्ड भन्न थालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस