रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

द एभरेष्ट पोष्ट
३ भदौ २०८२ १७:५९
रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा ससुराली घरमा जस्तो मेजमानी नपाइने बताएका छन् ।

मंगलबार हस्ताक्षर संकलनपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै भक्तपुरबाट निर्वाचित सांसद थापाले अहिले कांग्रेस र एमालेलाई सबै दोष लगाएर आफू मात्रै असल देखाउने प्रवृत्ति बढेको उल्लेख गरेका छन् ।

‘कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । पार्टी गतिलो छ भनेर कुन उदाहरण छ ?’, उनले सोधे, ‘व्यक्ति पनि एउटाको उदाहरण दिनुस् न। जेल भनेको ससुराली घर गएको जस्तो होइन नि ! ढोका टालेको छ, झ्याल टालेको छ ।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै परिवर्तनका लागि १४ वर्ष कालकोठरीमा बस्ने नेतामाथि अनेक आरोप लाउने गरिएको बताए । देशमा परिवर्तनका लागि जेल बस्नेलाई चोरको संज्ञा दिनेले अहिले ठग नै असल भएको भन्ने प्रवृत्तिलाई अस्वीकार्ने पनि थापाले बताए ।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सोमबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबाट हस्ताक्षर संकलन गरिएको छ । त्यही क्रममा थापा पनि सिंहदरबार छिरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस