नेपालको उत्कृष्ट बलिङ सुरुवात, रोहितले दोस्रो बलमै लिए विकेट

काठ्माण्डौँ- अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजअन्तर्गत होबर्ट हरिकेन्स एकेडेमीविरुद्ध नेपालले उत्कृष्ट बलिङ सुरुवात गरेको छ । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कप्तान रोहितकुमार पौडेलले पहिलो ओभरको दोस्रो बलमै विकेट लिए ।
उनले निवेथन राधाकृष्णनलाई शून्यमै बोल्ड गरेका हुन् । १ सय ८१ रनको लक्ष्य पछ्याइरहेको होबार्टले पहिलो ओभरमा कुनै पनि रन नजोडेर एक विकेट गुमाएको छ ।
त्यसअघि पामस्र्टनस्थित काजालिस एरिनामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पार्यो ।
नेपालका लागि आरिफ शेख सर्वाधिक ३५ रन बनाए । यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकश बमले अविजित २५ र भीम सार्कीले १८ रन जोडे ।
बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले समान दुई विकेट लिए । त्यस्तै, मार्कस बेन, गाबे बेल र ब्राडली होपले समान एक/एक विकेट हात पारे ।
नेपाल जारी शृंखलामा पहिलो जितको खोजीमा छ । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बंगलादेश ‘ए’ सँग ३२ रन र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।