एसिया कपका लागि पाकिस्तानको टिम घोषणा, बाबर र रिजवानले पाएनन् मौका

काठ्माण्डौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १७ सदस्यीय टोली घोषणा गरेको छ । पाकिस्तानले टोलीमा दुई अनुभवी खेलाडी बाबर आजम र मोहम्मद रिजवानलाई समावेश गरेको छैन ।
वेस्ट इन्डिजविरुद्धको सिरिजमा चोटग्रस्त भएका फखर जमान पूर्णरूपमा फिट भई टोलीमा फर्किएका छन् । टोलीको नेतृत्व सलमान आघाले गर्ने छन् । एसिया कप अघि पाकिस्तानले यूएई र अफगानिस्तानसँग त्रिकोणात्मक सिरिज खेलेर तयारी गर्ने कार्यक्रम छ ।
बाबरले अन्तिमपटक सन् २०२४ डिसेम्बरमा टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । वेस्ट इन्डिजविरुद्धको हालैको एकदिवसीय सिरिजमा उनको प्रदर्शन ४७, ० र ९ रनमा सीमित रह्यो ।
रिजवान पनि पछिल्ला टी–२० सिरिजमा चयनमा परेका थिएनन् ।