अमेरिकामा ठडिएको प्रेमको साम्राज्य

सुदूर पहाड, जहाँ सूर्योदय आशाका उज्याला किरणहरु लिएर आउन नपाउदै भालेले बासेर भन्थ्यो, उठ बम्बै जाने समय भयो । तारानाथ शर्माले २० को दशकमा अछामको यात्रापछि त्यसै लेखेका थिएनन, बैकिनीका आँशुमा रुँदो छ, बयालपाटा । बिहा गरेकै भोलिपल्ट बम्बै जाने बैकानको विदाईमा बैकिनीका आँखा आँशुको आहाल बन्थ्यो । यस्तै थियो, सुदूर पहाडको भाग्य र नियति ।
त्यही पहाडमा जन्मिएका थोरै व्यक्ति, जसले भाग्य र नियतिलाई दोष दिएनन् । जसले संघर्षले बद्ले, भाग्य । र बद्ले, सुदूर पहाडको भाष्य । यहाँ तिनै अपवाद मध्येका एक, प्रेम शाहीको चर्चा गर्दैछु ।
भनिन्छ, जुन परिस्थितिमा जन्मिन्छौं, त्यो हाम्रो हातमा हुँदैन; तर जीवनलाई कहाँ पु¥याउने भन्ने निर्णय हाम्रो हातमा हुन्छ । उनी यो कुरामा विश्वास गर्थे । उनले भाग्य र परिवेशलाई सरापेनन् । कडा मिहिनेत गरे । र, आफ्नै बलबुतामा अमेरिकामा व्यापारिक साम्राज्य खडा गरे ।
११ जनवरी १९७५ मा अछामको बिनायकमा जन्मिएका उनका पाँच दाजुभाई थिए । तीन दाजुभाई । दुई दिदी बहिनी । उनी सबैभन्दा जेठा । उनी जन्मिएको केही समयपछि बुवा जगु शाही भारत पसे । परिवारको जिम्मेवारी आमा लालशोभाको काँधमा आयो ।
नेपाल ओहोरदोहोर गरिरहनुको झञ्झट । परिवारको चिन्ता । बुवाले पाँच वर्षको नहुदै उनलाई सुरत लगेर गए । बुवाको चौकीदारको जागीर । खोलीको बास । नौ महिनामा बुवा गुमाएका टुहुरा बुवा । जसलाई उनकी हजुरआमाले हुर्काएकी थिईन् । बुवाले एक छोरीलाई आमाको हेरचाहका लागि अछाममै छोडे । उनी सहित चार सन्तानलाई आफूसंगै राखे । उनका बुवाले स्कुल टेक्न पाएनन् । पढ्न नपाउनुको पीडासंगै बाँचे । अठोट लिए, सन्तान पढाउने । र त, भोक, अभाव, पीडा भनेनन् । सन्तानलाई निजी विद्यालयमा पढाए । हुर्काए ।
सुदूर पहाडमा बिशुँ र दशैं किस्तामा आउछ । हरेक वर्ष आउदैन । परदेशिएको बैकान नफर्किए के दशैं ? के बिशुँ ? बुवाको आशिर्वाद । नयाँ भोटो । चिल्ला नोट । यी बिना सन्तानलाई के को खुशी ? निधार र मन । दुईटै खाली । पालो पारेर दशैं र बिशुँमा उनका बुवा दुई वर्षमा अछाम जान्थे । कहिले बहिनीको निधार खाली । कहिले उनको ।
अध्याँरो खोली । त्यही खोलीमा बस्थ्यो, छ जनाको परिवार । भनिन्छ, उज्याला सपनाहरुको उदय अध्याँरा छिडीहरुमै हुन्छ । त्यही अध्याँरोमा बुवाले देखेका थिए, उनलाई डाक्टर बनाउने सपना ।
सन् १९९५ मा दक्षिण गुजरात विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गरेपछि उनी नेपाल फर्किए । भारतमा पढेका उनी प्रष्टसंग नेपाली बोल्न सक्दैनथे । कि हिन्दी बोल्थे । कि अछामी भाषा । शुरुवाती दिनमा उनले भाषागत कठिनाई झेले ।
उनलाई थाह थियो, भाषा कम्युनिकेशनको माध्यम मात्र हो । उनको ईच्छाशक्तिका अगाडि भाषा बाधक कसरी हुन्थ्यो ? छ महिनामै नेपाली भाषामा पोख्त भए ।
उनी १९९५ मा त्रिभुवन विश्व विद्यालयमा एमबीएमा भर्ना भए । एमबीएमा कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको दवदवा थियो । १९९८ मा एमबीएको रिजल्ट आयो । टप हुने अनुमान गरिएका विद्यार्थी पास भएनन् । नवराज खनिया टप भए । उनी दुई अंकले दोस्रो भए ।
एमबीएको पढाई सकेर उनी कैलाली फर्किए । भर्खरै खुलेको मालिका विकास बैंकमा २००० मा उनले सिनियर असिसटेण्टका रुपमा काम पाए ।
एकवर्ष नबित्दै नेपाल बंगलादेश बैंकमा अफिसरका रुपमा जागीर पाए । उनीसंगै काम गर्थे, अमरनाथ श्रेष्ठ । आईटी बिभागमा कार्यरत श्रेष्ठकै जिद्दीले उनले डिभी भरे । उनलाई डीभी प¥यो । श्रेष्ठलाई परेन् । न अमेरिकाको सपना । न अमेरिका जाने योजना । अमेरिकामा के गर्ने ? दिमाग शुन्य थियो । २००८ मा डीभीले उनलाई अमेरिका पु¥यायो ।
बैंकको अफिसर । आकर्षक तलव । वर्षौको मिहिनेतले साकार भएको सपना । सामान्य संघर्षले हासिल भएको थिएन्, त्यो मुकाम । सोचेका थिए, दुःख र संर्घषका दिन सकिए । अमेरिका पुगेपछि त दुःख र संघर्षका दिन फेरि शुरु भए ।
साँघुरो अपार्टमेण्ट । शेयरिङको बसाई । न भोक । न प्यास । बस्, कामको चिन्ता । उनलाई यस्तो लाग्थ्यो, अमेरिकामा होईन, सुरतमा छु । जहाँ जीवन शुन्य छ । जहाँ सपनाहरु अध्याँरा छिडीहरुबाट बाहिर निस्किन संघर्ष गरिरहेका छन् ।
मुस्किलले फोन बनाउने कम्पनीमा काम पाए । घण्टाको ८ डलर मिल्थ्यो । केही समयपछि ग्याँस स्टेशन काम थाले कहाँ बैंकको अफिसरको जागीर ? कहाँ ग्याँस स्टेशन ? एकमनले भन्थ्यो, नेपाल नै बेश । हार्न उनले जानेका थिएनन् । उनी परे जिद्दी । मिहिनेत उनको धमनीमा थियो । पछि हट्ने उनको स्वभाव थिएन् ।
एक वर्ष यसैगरी बित्यो । उनले सोचे, यसरी त जिन्दगी चल्दैन् । टेक्सास बोर्ड अफ पब्लिक एकाउन्टेन्सीमा सर्टिफाईड चार्टर्ड एकाउण्टेण्टस्(सीपीए)को पढाई शुरु गरे । पढाई । काम । गृहकार्य । रात कतिखेर बित्थ्यो ? पत्तै हुदैनथ्यो । आराम र निन्द्राका लागि समय कहाँ ? उनी बढिमा तीन/चार घण्टा सुत्थे ।
यसरी २०११ मा सीपीएको कोर्स पुरा गरे । २०१२ मा ड्यालसमा सीपीएको जागीर पाए । तीन वर्ष बिभिन्न कम्पनीका लागि काम गरे । यो बीचमा उनले क्षमता बढाए । सम्बन्ध विस्तार गरे । र, सबैको विश्वास जिते । प्रेम शाही नाम होईन्, ब्राण्ड बने ।
उनी अरूको सीमामा बाँधिएर बाँच्न वा काम गर्न चाहदैनथे । किनकि उनी आफ्नो क्षमतामाथि विश्वास गर्थे । त्यही विश्वास उनलाई सधैं आफ्ना सीमा नाघ्न प्रेरित गथ्र्यो । उनलाई लाग्छ, स्वतन्त्रता त्यहीँबाट सुरु हुन्छ । जहाँ हामी आफैंले आफ्नो बाटो बनाउन सक्छौं ।
यही सोचले उनले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय लिए । सुरुमा घरबाटै व्यवसाय थालेँ । तर छोटो समयमै एक कदम अगाडि बढ्न सफल भए । सानो अफिस लिएर व्यवसाय विस्तार गरे ।
२०१५ मा उनले आफ्नै सीपीए फर्म दर्ता गरे । एक वर्षपछि सह संस्थापकका रुपमा उनी अवान्त ग्रुप अफ कम्पनीजसंग जोडिए । दुई जना साझेदार रहेको अवान्त ग्रुपको उनी प्रमुख कार्यकारी अधिकृत हुन् ।
अवान्त ग्रुपको साम्राज्य फैलिदो छ । जस अन्तर्गत रहेको अवान्त ट्याक्स एण्ड फाईनान्सले कर तथा वित्तिय परामर्शको काम गर्छ । अवान्त ईन्स्योरेन्सले बीमाका क्षेत्रमा काम गर्छ । अवान्त क्यापिटलले रियल स्टेटमा लगानी गरिरहेको छ ।
त्यसबाहेक उनको आवद्धतामा ग्रोसरीको थोक बिक्रेता हिमालयन भ्याली फुड्स र खुद्रा बिक्रेता कैराली फार्म प्रोड्युस सञ्चालनमा छ ।
उनी सोच्थे । सपना देख्नु त ठूलो देख्नु । किन सानो देख्नु ? र, सपना जस्तो सुकै होस । त्यो पुरा गर्न कडा मिहिनेत गर्नैपर्छ । सफलताका लागि समर्पण र मिहिनेत अनिवार्य शर्त हुन् । यो उनले बुझेका थिए । उनले कडा मिहिनेत गरे । काममा समर्पित भए । क्रमशः सफलताको सिढिमा उक्लिदै गए ।
कसैले हात समातेर उचाईमा पुग्नुलाई के सफलता भन्नु ? उनी अपवाद थिए । आफ्नै बलबुता र कडा मिहिनेतले सफल भए । र, बनाए पृथक पहिचान ।
उनी एकपछि अर्को कम्पनी थप्दै गए । उनले ग्रोसरीको होलसेल र खुद्रा व्यवसायमा हात पारे । रियल स्टेटमा जोडिए । हेल्थ केयर कम्पनी खोले । बीमा कम्पनी थपे ।
ड्यालसबाट शुरु गरेको व्यवसायलाई भारत र दुबईमा विस्तार गरे । यतिबेला उनीसंग १५ भन्दा बढि कम्पनी छन् । जसको नेटवर्थ ३५ मिलियन डलरभन्दा बढि छ ।
दक्षिण भारतमा उनका दुई वटा अफिस सञ्चालनमा छन् । जहाँ ३० जनाभन्दा बढिले रोजगारी पाएका छन् । उनले त्यहाँ ट्याक्स र अकाउण्टिङ सेवा विस्तार गरेका छन् । र, ग्रोसरीको अफिस पनि सञ्चालनमा ल्याएका छन् । भारतबाट ग्रोसरीका सामानहरु अमेरिका आयात गर्छन् ।
केही समयअघि उनले दुबईमा रियल स्टेटको अफिस सञ्चालनमा ल्याए । त्योसंगै उनले ट्याक्स र अकाउण्टिङ सेवा थपेका छन् । निकट भविश्वमा ड्यालस, ह्युष्टन र अष्टिनमा ग्रोसरीको पाँच वटा आउटलेट थप्ने उनको योजना छ । छोराहरु प्रज्वल र आरोनसंगै हुर्किदैछन्, उनका कम्पनीहरु । उनी सन्तानलाई झै माया गर्छन्, आफूले जन्माएका कम्पनीहरुलाई ।
नेपालमा के थियौ ? बिर्सिदेउ । नेपालको पहिचान, सम्मान र सम्पत्तीको धङधङी रहीरह्यो भने मान्छे पीडामा बाँच्छ । त्यही पीडाले डिप्रेशनमा लैजान्छ । नेपालमा बाँचेको जीवन नखोज । शुन्यबाट जीवन बाँच्न तयार होउ । यो उनको सिकाई हो । उनी यही अनुभव सबैमा लागु हुने बताउछन् ।
उनी नेपालमा आरामदायी जीवन बिताईरहेका थिए । अमेरिकामा बिताएका सुरुवाती दिनहरू उनका लागि निकै पीडादायी थिए । जीवन यापन गर्नका लागि उनले मजदुरीका कामहरू गर्नुप¥यो । ती कठिन समयहरूले उनलाई त्याग र समर्पणको गहिरो पाठ सिकाए । जुन उनको अहिलेको सफलताको आधार हुन् । कडा मिहिनेत र समर्पणले यो सफलता प्राप्त भएको उनको बुझाई छ । यो सफलताको श्रेय उनी परिवार र पत्नी लतालाई दिन्छन् ।
सपना देख्नेहरूले होइन, सपना पूरा गर्नेहरूले इतिहास बनाउँछन् । उनी तिनैमध्ये एक थिए । उनी खुला आँखाले सपना देख्थे । र, सपना पुरा गर्न सुत्दैनथे । यही हो उनको सफलताको सुत्र । सफल सबै हुन् चाहन्छन् । तर सबै मिहिनेत गर्दैनन् । सफल तिनै व्यक्ति हुन्छन्, उनी भन्छन्, जसले कडा मिहिनेत गर्छन् ।
उनको दिमागमा व्यवसाय वा मुनाफा मात्र छैन् । त्यो भन्दा माथि छ, सेवा भाव । र त, व्यस्तता बीच सामाजिक र धार्मिक कार्यमा सहभागी भईरहन्छन् । अछामको ठाँटी, जहाँ उनी जन्मिए । चार वर्षको हुदाँ आफ्नै घर जलाएर खरानी बनाएको, स्मृतिबाट धुमिल हुदै गरेको नमिठो घट्ना बाहेक ठाँटीसंग बाल्यकालका सम्झनाहरु खासै छैनन् ।
पाँच वर्षमा छोडेको ठाँटीमा उनी १४ वर्षपछि फर्किएका थिए । उनले जे कमाए । उनी जे बने । उनी जहाँ पुगे । त्यो ठाँटीबाटै प्राप्त भएको ठान्छन् । ठाँटीसंग गहिरो लगाव छ । अथाह प्रेम छ । त्यही प्रेमले डो¥याएर उनलाई पु¥याईरहन्छ, ठाँटी । कहिले उनी स्वयम पुग्छन् । कहिल्यै राहत र सहयोग सामग्रीहरु मार्फत पुग्छन् । भूकम्प, बाढी र दैवी प्रकोपले सुदूरको भूगोल प्रभावित हुदा उनी चुप लागेर बस्न सकेनन् । कोभिडबाट आहत सुदूरलाई सिलिण्डर, मास्क र सेनिटाईजर पठाएर जन्मभूमि प्रतिको दायित्व निर्वाह गरे । अछाममा बाढीबाट क्षति हुदाँ आर्थिक सहयोग संकलन गरेर पठाए ।
जहाँ पुगेपनि शीरमा सगरमाथा छ । हृदयमा सुदूरपश्चिम । टेक्सासमा सुदूरपश्चिम नेपाली समाज स्थापनामा महत्वपूर्ण योगदान पु¥याए । यद्दपि भेगीय भावना भन्दा माथि रहे । टेक्सस नेपाली समाजमा आवद्ध उनी म टेक्सासस्थित नेपाली मन्दिरको बोर्ड अफ ट्रस्टीको सदस्य पनि हुन् ।
अछामको विनायक स्थित वरिष्ठ नागरिक सेवा केन्द्र र जाल्पादेवी मन्दिर निर्माणमा पाँच लाखभन्दा बढि सहयोग गरे । सुदूरपश्चिममा मोबाइल ब्लड बैंक स्थापनाका लागि सहयोग गरे । बिनायकमा गणेश मन्दिर निर्माणका लागि पाँच लाख दिए ।
उनले हिसाव गरेर कहिले बाँडेनन् । न अपेक्षा । न चर्चाको आस । न प्रचारको मोह । बस्, बाडिरहेका छन्, प्रेम । लगाईरहेका छन्, मल्हम, चहराईरहेका घाउहरुमा ।
बील गेट्स भन्छन्, यदि तिमी गरिब भएर जन्मियौ भने त्यो तिम्रो गल्ती होइन, तर यदि तिमी गरीब भएर मर्छौ भने त्यो तिम्रो गल्ती हो ।
उनी किन गर्थे, त्यो गल्ती ?