एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौं : पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै गत पुषदेखि हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ५२ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सवैभन्दा धेर् गण्डकी प्रदेशमा ८ सय ७७, बागमतीमा ६ सय १२ कोशीमा ५ सय १८ , लुम्बिनीमा ४ सय ६५, सुदूरपश्चिममा ३ सय १६, कर्णालीमा ७७ र मधेश प्रदेशमा ५३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
विगतका वर्षहरूमा वर्षायाममा तराईका जिल्लाहरूमा मात्रै देखिने डेंगुको सङ्क्रमण पहाडी जिल्ला हुँदै हिमाली जिल्लाहरूसम्मै फैलिन थालेपछि जनस्वास्थ्यको प्रमुख चुनौति बनेको छ ।