गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १७:५५
गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 

उनीसहित अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएका १९ जनालाई नै धरौटीमा छोड्ने आदेश भएको श्रेष्ठले जानकारी दिए । जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट पक्राउ परेका थिए ।

यी हुन् रिहा हुनेहरु

चक्रे मिलन भन्ने मिलन गुरुङ समेत १९ जना (अभद्र व्यवहार)

१. जीत बहादुर लामा – १० हजार

२. रितिक लामा – २० हजार

३. चन्द्र देव कार्की -१० हजार

४. प्रकाश गोले -१० हजार

५. आमिर आलेमगर -१०हजार

६ . उत्तम महर्जन -१० हजार

७ . प्रनिश कँडेल -१० हजार

८. राजु परियार -१० हजार

९ .राजेश भन्ने रोजेश खड्का – ३० हजार

१० .गणेश बहादुर बोगटी – २० हजार

११ .रोशन सुवेदी – १० हजार

१२. सन्दीप के.सी -१० हजार

१३ . राहुल खड्का -१०हजार

१४ . यामु पौडेल -१० हजार

१५ . सौरभ सुनार -१० हजार

१६ . डिल्लीराज कँडेल -२० हजार

१७. चर्के मिलन भन्ने मिलन गुरुङ – ३० हजार

१८ .सफल भन्ने सुजल शाही – १० हजार

१९ . निराजन पौडेल – १० हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस