बाजुराका किसानलाई काचो स्याउ नटिप्न आग्रह

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १७:३१
बाजुराका किसानलाई काचो स्याउ नटिप्न आग्रह

बाजुराः बाजुराको पूर्वोत्तर क्षेत्रको कर्णालीपारिमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा किसानलाई काँचो स्याउ नटिप्न आग्रह गरिएको छ। सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउ निकै उत्पादन हुने गरेको छ।

यहाँको स्याउ भदौको अन्तिममा पाक्ने गर्छ। यहाँका किसानले भने अहिले नै काँचै टिपेर बेच्ने गरेका छन्। यसरी काँचो स्याउ बेच्दा भविष्यमा यसको गुणस्तर घट्ने तथा नटिक्ने सम्भावना देखिएकाले स्थानीय तहले काँचो स्याउ टिपेर बिक्री नगर्न आग्रह गरेको हो।

स्याउको सहर भने चिनिँदै आएको बाजुराको स्वामीकार्तिक खापर पालिकामा यतिबेला बारीमा स्याउ लटरम्म छन् तर पाकिसकेका छैनन्। नपाक्दै टिपेर बिक्री गरेको पाइएकाले काँचो स्याउ नटिप्न यहाँका किसानलाई आग्रह गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

हिमाली १८ स्वामीकार्तिक ३५ जगनाथमा ४५ बुढीनन्दामा ५० खप्तडछेडेदहमा एक बुढीगङ्गा नगरपालिका–१ गरी १५० परिवारले स्याउ खेती गर्दै आएका छन्। यता गौमूल गाउँपालिकामा एक समूहमार्फत स्याउ खेती सुरु भएको हो।  आव २०८१/८२ मा यहाँ १४ देखि १५ सय टन उत्पादन भएको थियो । अहिले पनि त्यसैको हाराहारीमा स्याउ उत्पादन भएको छ । गत वर्षमा ५१५ क्विन्टल स्याउ बाहिर बिक्री हुँदा यहाँका किसानले झन्डै ७० दखि ८० लाख रुपियाँभन्दा बढी आम्दानी गरेका थिए।

बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ ४१० हेक्टर जमिनमा स्याउ रोपिएको छ । त्यसमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका सूचना अधिकारी न्यौपानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस