स्वदेशमै श्रम गर्दै आत्मनिर्भर बनेका युवालाई सम्मान

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १३:३२
स्वदेशमै श्रम गर्दै आत्मनिर्भर बनेका युवालाई सम्मान

डडेल्धुरा : अन्तर्राष्ट्रिय युवा दिवस डडेल्धुरामा श्रमिक युवाप्रति सम्मान प्रकट गर्दै मनाइएको छ । मंगलबार सदरमुकाममा आयोजित कार्यक्रममा तीनपांग्रे अटो चलाउँदै आएकी धौली दमाईसहित सैलुन व्यवसायमा संलग्न दुई युवालाई ‘उत्कृष्ट युवा श्रमिक सम्मान’ प्रदान गरिएको हो ।

दमाई अमरगढी नगरपालिका–७ बाट २०७४ सालमा सदस्य पदमा निर्वाचित भई कार्यपालिका सदस्यसमेत बनेकी थिइन् । राजनीतिमा सक्रिय रहँदै आफ्नै श्रमबाट स्वरोजगार बनेकी उनको योगदानलाई प्रेरणादायी मान्दै सम्मान गरिएको आयोजक नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेश युवा समितिले जनाएको छ ।

अमरगढी नगरपालिका–५ तुफानडाँडामा सैलुन व्यवसाय गर्दै आएका अजयमेरु गाउँपालिका–२ का हरिशकुमार ऐर र लक्ष्मण ऐर पनि सम्मानित भएका छन् ।

समितिका अध्यक्ष हरि भण्डारीका अनुसार श्रमको सानो–ठूलो भेद नगरी आत्मसम्मानका साथ जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश फैलाउन ‘उत्कृष्ट युवा श्रमिक सम्मान’ प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस