नाउपाको अध्यक्षमा रन्जिता नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १२:३७
नाउपाको अध्यक्षमा रन्जिता नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

कैलाली । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् ।

रन्जिता श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।

अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।

निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।

उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रन्तिलालाई नै अध्यक्ष कायम गरिएको आयोग स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस