बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १०:४२
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं : बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। प्रशिक्षक म्याट् रोसले ३० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट अगाडि ट्रायलमा खेलाडी बोलाएको थियो। जसबाट यी खेलाडीहरू छनोट भएका हुन्।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र बङ्गलादेश फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन्।

प्रारम्भिक चरणमा बोलाइएका खेलाडीहरू: 

अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, एन्जल श्रेष्ठ,अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेन्द्र बिक, जिलेस्पी कार्की, किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लकेन लिम्बु, मणी कुमार लामा, मनिष डाँगी, रन्दिप पौड्याल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समिर श्रेष्ठ, सुवास बम, श्रीजन राज गौतम, सुमन श्रेष्ठ,‌टिकेन्द्र थापा र योगेश गुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस