मेरो नाम भजाएर कसैले गलत गर्न खोजे झपारेर पठाउनू : प्रधानमन्त्री

द एभरेष्ट पोष्ट
२८ साउन २०८२ १५:१३
मेरो नाम भजाएर कसैले गलत गर्न खोजे झपारेर पठाउनू : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कमजोरी देखिए पनि कारबाही गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए ।

नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिव, सुरक्षा निकायका प्रमुखसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्ने बताए ।

भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदाशीन भए पनि तिनले मनदेखि अरुको सम्मान नपाउने उनले बताएका छन् ।

‘बिनामोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा खुलस्त भन्नुस् । मेरै कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस्’, प्रधानमन्त्री ओलीले भने, ‘सार्वजनिक रुपमा गिर्ने गरी कुनै कामा नगर्नुस् । अरुको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस