राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी

द एभरेष्ट पोष्ट
२८ साउन २०८२ १४:१३
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी

काठ्माण्डौँ । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नका लागि उनले सभामुखसँग समय मागेका छन् । स्रोतका अनुसार प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि सभामुख देवराज घिमिरे, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग उनले भेटेका थिए ।

कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस