रविको अवस्था बुझ्न कारागार पुगेको आयोगको टोलीले दुईवटा पंखा र सोफा भेट्यो, एसी भेटेन

द एभरेष्ट पोष्ट
२७ साउन २०८२ १३:४४
रविको अवस्था बुझ्न कारागार पुगेको आयोगको टोलीले दुईवटा पंखा र सोफा भेट्यो, एसी भेटेन

रुपन्देही — सहकारीको करोडौं रुपैयाँ ठगी आरोपमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सोमबार भेट गरेको छ।

हालैका दिनमा लामिछानेको स्वास्थ्य र कारागारभित्रको अवस्थाबारे विवादित समाचारहरू बाहिरिएपछि आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की रिमा बिसी लगायतको टोली कारागार पुगेको हो।

टोलीले लामिछानेलाई राखिएको ४ नम्बर ब्लकको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो। झ्याल बन्द गरिएको कोठामा दुईवटा पंखा राखिएको भेटिएको आयुक्त थापाले बताइन् । एउटा विवाह समारोहमा प्रयोग हुने ठूलो पंखा र अर्को स्ट्यान्ड पंखा राखिएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस